• चैत्र १६, २०८१
  • No Comment
  • 125

म्यान्मार भूकम्प: १७ नेपालीको मृत्यु

काठमाडौं – म्यान्मारमा शुक्रबार गएको ७.९ रेक्टरस्केलको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म १७ जना नेपालीभाषीको मृत्यु भएको छ। तीमध्ये ९ जनाको शव भेटिएको छ भने अरु नेपालीभाषीको खोजी कार्य जारी रहेको बर्मेली नेपाली साहित्यकार लक्ष्मण न्यौपानेले जानकारी दिएका छन्।

सबैभन्दा बढी क्षति मान्डेले क्षेत्रमा भएको बताइएको छ। निधन भएका नेपालीभाषीहरू पनि उतैका रहेको न्यौपानेले बताए। मृतकमध्ये देवी सिंखडाका छोरा खतिवडा, दाहाललगायतका परिवारका सदस्यहरू रहेको जनाइएको छ।

भूकम्पको धक्का थाइल्याण्डसम्म पुगेको थियो, जसले ठूलो जनधनको क्षति गराएको छ। म्यान्मारमा अहिलेसम्म १,००० भन्दा बढी शव फेला परिसकेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। अहिले पनि त्यहाँ उद्धार र राहतको काम जारी छ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *