• चैत्र १, २०८१
  • No Comment
  • 105

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।

तराई–मधेशमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रंग लगाउँदै सबैलाई रसरंगले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा लिने गरिन्छ। ‘बुरा नमानो होली हैं जोगिरा सररर…’ जस्ता सुमधुर होलीका गीतहरू अहिले मधेशका विभिन्न स्थानहरूमा गुन्जिरहेका छन्।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो। रसरंग, नाचगान, खानपान, मनोरञ्जन र आफ्नो रंगमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ।

होली आउनासाथ तराई भेगमा होरिया गीत गाएर रमाउने गर्छन्। वर्षभरिको मनमुटाव होली पर्वमा रंग र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ।

आफूभन्दा ठूलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ भने सानोलाई निधारमा अबिर वा रंग लगाएर सद्भाव देखाउने चलन रहेको छ। यस वर्ष मधेशका केही जिल्लाहरूमा तेस्रो दिन पनि मनाइँदै छ। मिथिला पञ्चाङ अनुसार होली पर्व भोलि अर्थात् शनिबार रहेको उल्लेख छ। असत्यमाथि सत्यको जितको उत्सवका रूपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै तराईवासीहरू सौहार्दपूर्ण रूपमा फागु खेलिरहेका छन्।

 

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *