• चैत्र १, २०८१
  • No Comment
  • 57

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।

तराई–मधेशमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रंग लगाउँदै सबैलाई रसरंगले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा लिने गरिन्छ। ‘बुरा नमानो होली हैं जोगिरा सररर…’ जस्ता सुमधुर होलीका गीतहरू अहिले मधेशका विभिन्न स्थानहरूमा गुन्जिरहेका छन्।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो। रसरंग, नाचगान, खानपान, मनोरञ्जन र आफ्नो रंगमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ।

होली आउनासाथ तराई भेगमा होरिया गीत गाएर रमाउने गर्छन्। वर्षभरिको मनमुटाव होली पर्वमा रंग र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ।

आफूभन्दा ठूलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ भने सानोलाई निधारमा अबिर वा रंग लगाएर सद्भाव देखाउने चलन रहेको छ। यस वर्ष मधेशका केही जिल्लाहरूमा तेस्रो दिन पनि मनाइँदै छ। मिथिला पञ्चाङ अनुसार होली पर्व भोलि अर्थात् शनिबार रहेको उल्लेख छ। असत्यमाथि सत्यको जितको उत्सवका रूपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै तराईवासीहरू सौहार्दपूर्ण रूपमा फागु खेलिरहेका छन्।

 

सम्बन्धित खबर

कालिकोटकी महिलाद्वारा प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता 

कालिकोटकी महिलाद्वारा प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता 

काठमाडौं । कालिकोट शान्नित्रिवेणीकी एक महिलाले प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरेकी छन्। वाजुरा स्थायी घर भई हाल काठमाडौं…
स्याउको राजधानी जुम्ला: पहिचान झल्काउन सदरमुकाममा बन्यो ‘एप्पल चोक’

स्याउको राजधानी जुम्ला: पहिचान झल्काउन सदरमुकाममा बन्यो ‘एप्पल चोक’

जुम्ला। जसलाई नेपालको ‘स्याउको राजधानी’ भनेर पनि चिनिन्छ, अब आफ्नो यो गौरवशाली पहिचानलाई थप उजागर गर्ने भएको छ। जिल्लाको चन्दननाथ नगरपालिकाले…
सुर्खेतमा डरलाग्दो बेरुजु: नौ स्थानीय तहमा ३ अर्ब २९ करोडभन्दा बढी रकमको हिसाबकिताब गोलमाल

सुर्खेतमा डरलाग्दो बेरुजु: नौ स्थानीय तहमा ३ अर्ब २९…

सुर्खेत। सुर्खेतका स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था कमजोर देखिएको छ, जसकारण बेरुजुको चाङ बढ्दै गएर डरलाग्दो अवस्थामा पुगेको छ। महालेखा परीक्षकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *