• फाल्गुन ३०, २०८१
  • No Comment
  • 5

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुने छ। साथै, पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले मौसमको यस अवस्थाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित खबर

नेपालले हङकङलाई ३ विकेटले पराजित गर्‍यो

नेपालले हङकङलाई ३ विकेटले पराजित गर्‍यो

नेपालको यू-१९ टोलीले तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत हङकङलाई ३ विकेटले पराजित गरेको छ। मुलपानीस्थित क्रिकेट मैदानमा हङकङले दिएको ११४ रनको लक्ष्य…
मधेसका मुख्यमन्त्री सिंहलाई ‘महामूर्ख’ को उपाधि प्रदान

मधेसका मुख्यमन्त्री सिंहलाई ‘महामूर्ख’ को उपाधि प्रदान

यस वर्षको ‘महामूर्ख’ उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ। मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा होली पर्वको अवसरमा आयोजित…
महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयासको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयासको आरोपमा सशस्त्र…

महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई धर्मेन्द्रसिंह महतो पक्राउ परेका छन्। शुक्रबार बिहान मन्दिरमा पूजा गर्न…

Leave a Reply

Your email address will not be published. Required fields are marked *