• फाल्गुन २९, २०८१
  • No Comment
  • 89

पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६ जिल्लामा सार्वजनिक बिदा

नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) रंगहरूको उत्सव होली अर्थात् फागु पर्व उल्लासपूर्वक मनाईँदैछ। फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व आज पहाडी तथा हिमाली जिल्लामा मनाइँदैछ भने तराईका जिल्लामा भोलि (शुक्रबार) मनाइनेछ।

होली पर्वको अवसरमा सरकारले देशका पहाडी र हिमाली ५६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई विभिन्न रंग र लोला खेल्दै परम्परागत रूपमा होली मनाउने चलन छ।

गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरीत जबर्जस्ती रंग नदल्न र लोला नहान्न आग्रह गरेको छ। होलीका नाममा हुने उच्छृंखल गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ। सुरक्षा निकायका अनुसार, जबर्जस्ती रंग दल्ने वा अशोभनीय गतिविधि गर्नेहरूमाथि कानुनी कारबाही गरिनेछ।

केही वर्षअघिसम्म काठमाडौँ उपत्यकामा उत्ताउलोरूपमा मनाइने होली प्रहरीको सक्रियताका कारण पछिल्ला वर्षहरूमा अनुशासित बन्दै गएको छ। सडकमा हिँड्नेलाई इच्छा विपरीत रंग दल्ने वा लोला हान्ने प्रवृत्तिमा कमी आएको देखिन्छ।

होली पर्व धार्मिक र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण मानिन्छ। त्रेता युगमा दैत्यराज हीरण्यकश्यपले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले नजल्ने वरदानप्राप्त आफ्नी बहिनी होलिकालाई प्रह्लादसँग आगोमा बस्न लगाएका थिए। तर, होलिका आफैँ भष्म भइन् भने भक्त प्रह्लादलाई आगोले केही गर्न सकेन। यही धार्मिक कथालाई आधार मानेर होली पर्व मनाउने परम्परा चलेको विश्वास गरिन्छ।

 

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *