• फाल्गुन २५, २०८१
  • No Comment
  • 143

पोखराबाट अवैधरुपमा क्रिप्टोकरन्सी कारोबार र अनलाइन जुवा सट्टेबाजीमा संलग्न,५ जना युवा पक्राउ

कास्की प्रहरीले अवैधरूपमा क्रिप्टोकरन्सी कारोबार र अनलाइन जुवा सट्टाबाजीमा संलग्न रहेको आरोपमा ५ जना युवालाई पक्राउ गरेको छ। पक्राउ परेका सबैजना नातेदार रहेका छन् ।

पक्राउ पर्नेमा पर्वतको जलजला स्थायी घर भएका ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनीका ३३ वर्षीय विक्रम बानियाँ, २२ वर्षीय सज्जन घिमिरे, र म्याग्दीकै रघुगंगा–२ का १९ वर्षीय रोजन केसी र २८ वर्षीय सन्दीप कटुवाल रहेका छन्। यससँगै, विक्रम र सज्जन, रुपेन्द्रका नातेदार हुन् भने रोजन सानीआमाको छोरा र सन्दीप बहिनीज्वाइँ हुन्।

नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको नेतृत्वमा गरिएको संयुक्त कारवाहीमा ती युवाहरूलाई शुक्रवार साँझ ५ बजे पक्राउ गरिएको हो।

पक्राउ गरिएका व्यक्तिहरूले विभिन्न बैंक खातामा अवैध कारोबार गरेको र सामाजिक सञ्जाल जस्तै ह्वाट्सएप, टेलिग्राम, क्यास एप, क्राइम एपका माध्यमबाट १५ करोड सट्टेबाजी र १५ करोड अभौतिक मुद्राको कारोबार गरेको तथ्य पत्ता लागेको छ। कास्की प्रहरीले दिएको जानकारी अनुसार, यस कारोबारको कुल रकम ३० करोड रुपैयाँ रहेको छ।

प्रारम्भिक अनुसन्धानबाट यो पनि खुलासा भएको छ कि रुपेन्द्र जिसी, जो १० वर्षदेखि अमेरिकामा आइटी इन्जिनियरका रूपमा काम गर्दै थिए, हाल पीएचडी अध्ययन गरिरहेका छन् । १ महिनाअघि छुट्टीमा पोखरा आएका थिए। उनी साढे तीन तले घरबाट दैनिक तीन सिफ्टमा अनलाइन खेल खेलाउने गरेका थिए । जसको प्रत्येक सिफ्टबाट ३ हजार डलरसम्मको कारोबार भइरहेको थियो।

प्रहरीले ३१ थान मोबाइल, दुईवटा कम्प्युटर मनिटर, ३ थान सिपियू, ४ थान ल्यापटप र ७२ हजार ५ सय नगद समेत बरामद गरेको छ। कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…

Leave a Reply

Your email address will not be published. Required fields are marked *