• फाल्गुन २५, २०८१
  • No Comment
  • 114

पोखराबाट अवैधरुपमा क्रिप्टोकरन्सी कारोबार र अनलाइन जुवा सट्टेबाजीमा संलग्न,५ जना युवा पक्राउ

कास्की प्रहरीले अवैधरूपमा क्रिप्टोकरन्सी कारोबार र अनलाइन जुवा सट्टाबाजीमा संलग्न रहेको आरोपमा ५ जना युवालाई पक्राउ गरेको छ। पक्राउ परेका सबैजना नातेदार रहेका छन् ।

पक्राउ पर्नेमा पर्वतको जलजला स्थायी घर भएका ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनीका ३३ वर्षीय विक्रम बानियाँ, २२ वर्षीय सज्जन घिमिरे, र म्याग्दीकै रघुगंगा–२ का १९ वर्षीय रोजन केसी र २८ वर्षीय सन्दीप कटुवाल रहेका छन्। यससँगै, विक्रम र सज्जन, रुपेन्द्रका नातेदार हुन् भने रोजन सानीआमाको छोरा र सन्दीप बहिनीज्वाइँ हुन्।

नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको नेतृत्वमा गरिएको संयुक्त कारवाहीमा ती युवाहरूलाई शुक्रवार साँझ ५ बजे पक्राउ गरिएको हो।

पक्राउ गरिएका व्यक्तिहरूले विभिन्न बैंक खातामा अवैध कारोबार गरेको र सामाजिक सञ्जाल जस्तै ह्वाट्सएप, टेलिग्राम, क्यास एप, क्राइम एपका माध्यमबाट १५ करोड सट्टेबाजी र १५ करोड अभौतिक मुद्राको कारोबार गरेको तथ्य पत्ता लागेको छ। कास्की प्रहरीले दिएको जानकारी अनुसार, यस कारोबारको कुल रकम ३० करोड रुपैयाँ रहेको छ।

प्रारम्भिक अनुसन्धानबाट यो पनि खुलासा भएको छ कि रुपेन्द्र जिसी, जो १० वर्षदेखि अमेरिकामा आइटी इन्जिनियरका रूपमा काम गर्दै थिए, हाल पीएचडी अध्ययन गरिरहेका छन् । १ महिनाअघि छुट्टीमा पोखरा आएका थिए। उनी साढे तीन तले घरबाट दैनिक तीन सिफ्टमा अनलाइन खेल खेलाउने गरेका थिए । जसको प्रत्येक सिफ्टबाट ३ हजार डलरसम्मको कारोबार भइरहेको थियो।

प्रहरीले ३१ थान मोबाइल, दुईवटा कम्प्युटर मनिटर, ३ थान सिपियू, ४ थान ल्यापटप र ७२ हजार ५ सय नगद समेत बरामद गरेको छ। कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *