• फाल्गुन १९, २०८१
  • No Comment
  • 98

जन्मदर्ता प्रोत्साहन गर्न नवजात शिशुको खातामा पाँच हजार

भिरकोट नगरपालिका–८ ले जन्मदर्ता प्रोत्साहनका लागि नवजात शिशुको खातामा रु पाँच हजार जम्मा गरिदिने अभियान सुरु गरेको छ। वडा कार्यालयले रु पाँच हजार र अभिभावकले थप रु पाँच हजार गरी कुल रु १० हजार खातामा जम्मा गरिनेछ। यो रकम शिशुको उमेर १८ वर्ष पुगेपछि मात्र निकाल्न सकिने व्यवस्था गरिएको छ।

चालु आर्थिक वर्षदेखि लागू भएको यो योजनाले नवजात शिशुहरूको अभिलेखिकरणमा सुधार ल्याउने अपेक्षा गरिएको छ। हालसम्म ३१ जना बालबालिकाको जन्मदर्ता भइसकेको छ। वडा कार्यालयले सुत्केरी भेटघाट, न्यानो भोटो वितरण र स्वास्थ्य परामर्श सेवा पनि सञ्चालन गरिरहेको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *