• फाल्गुन १९, २०८१
  • No Comment
  • 134

मगर समुदायको पहिचान झल्काउने सङ्ग्रहालय घोराहीमा स्थापना

मगर समुदायको कला, संस्कृति तथा परम्परालाई जगेर्ना गर्ने उद्देश्यले घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा मगर सङ्ग्रहालय स्थापना गरिएको छ। सङ्ग्रहालयमा मगर समुदायसँग सम्बन्धित विभिन्न सांस्कृतिक सामग्रीहरू राखिएका छन्।

नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष वेदबहादुर बुढामगरका अनुसार, मगर समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले यो सङ्ग्रहालय स्थापना गरिएको भए तापनि साँघुरो ठाउँका कारण हाल व्यवस्थित गर्न कठिनाइ भएको छ।

अध्यक्ष बुढामगरका अनुसार, सङ्ग्रहालय मगर समुदायको कला, संस्कृति तथा परम्पराका बारेमा अध्ययन तथा जानकारी लिने महत्वपूर्ण स्थल बनेको छ। हाल नयाँ भवन निर्माणको योजना बनिरहेको र संग्रहालयलाई थप व्यवस्थित बनाउन सामग्रीहरूको खोजी भइरहेको जानकारी उनले दिए।

सङ्ग्रहालयमा मगर समुदायसँग सम्बन्धित परम्परागत वेशभूषा, गरगहना, बाजा, तथा दैनिक जीवनयापनका क्रममा प्रयोग गरिने सामग्रीहरू राखिएका छन्। यसमा काठ, माटो, तामा तथा अन्य धातुका वस्तुहरू जस्तै धनुष, नरसिङ्गा, पञ्चैबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दियो, टुकी, ठेकी, जाबे झोला, तुला, हलो, जुवा लगायतका घरेलु सामग्रीहरू संग्रहित छन्।

मगर समुदायको बाहुल्य रहेका रोल्पा, रुकुमलगायत क्षेत्रहरूबाट थप सामग्री सङ्कलन गरिने योजना बनाइएको छ। ‘अहिले नमूनाका रूपमा सङ्ग्रहालय स्थापना गरेर कला, संस्कृति र परम्पराको संरक्षणमा लागेका छौं,’ अध्यक्ष बुढामगरले भने। उनले लुम्बिनी प्रदेश सरकारबाट आठ लाख रुपैयाँको सहयोग प्राप्त भइसकेको जानकारी पनि दिए।

मगर सङ्ग्रहालयको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन घोराही उपमहानगरपालिका–१८ ढोडेनीमा सङ्घीय सरकारको एक करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण हुने योजना बनाइएको छ। नयाँ भवन निर्माण भएपछि सङ्ग्रहालय अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।

मगर समुदायको मौलिक पहिचान, इतिहास तथा सांस्कृतिक धरोहरलाई संरक्षण गर्दै नयाँ पुस्तालाई जागरूक गराउने उद्देश्यले स्थापित यो सङ्ग्रहालय मगर समुदायको महत्वपूर्ण सम्पत्ति बन्ने विश्वास लिइएको छ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *