• फाल्गुन ६, २०८१
  • No Comment
  • 125

चौकुने गाउँपालिका वडा न ८ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन

सुर्खेतको चौकुने गाउँपालिका ८ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने ,उपाध्यक्ष नर बहादुर बान्तोला र प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क लगायत अन्य अतिथिहरुले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको छ । भवनको उद्घाटन गर्दै खडक बिवस वासपानेले विगतका वर्षमा पालिकामा निर्माणका धेरै कामहरु सम्पन्न भएको वताउनुभयो ।

नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क ले बोल्दै छिटो, छरितो र नागरिकको गुनासो नआउने गरी सेवा प्रवाह गर्न सुझाव दिनुभएको थियो ।

यस्तै वडा न ८ का वडाध्यक्ष कमल बहादुर जि सीले आफुहरु पहिलो पटक निर्वाचित भएर आएपछि अधिकांश समय सिकाईमै वितेको बताउनुभयो । , उहाँले भन्नुभयो ‘तथापि वडाको विकासमा हामीले धेरै काम गर्न सफल भएका छौं ।’नयाँ प्रशासनिक भवनबाट सेवाग्राहीहरुलाई निरन्तर सेवा दिन वडाका जनप्रतिनिधिहरु लागि परिरहने विस्वास ब्यक्त गर्नु भएको छ कार्यक्रममा वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने पालिका ईन्जिनियरहरु र सहायक ठेकेदार ईन्द्र बहादुर सोनीलाई सम्मान स्वरुप प्रशंसा पत्र वितरण गरिएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रीय सल्लाहकार सदस्य भुपेन्द्र जोशी , नेपाली कांग्रेस किसान महासंघका केन्द्रीय सदस्य गजराज जोशी ,रा स्व पा चौकुने संयोजक प्रशुराम बास्तोला , नेकपा माओवादी चौकुने गाउँ कमिटी अध्यक्ष गंगाराम बि क , चौकुने गाउँपालिका वडा न ६ का वडा अध्यक्ष गोविन्द थापा , काँग्रेस वडा सभापति दिपेन्द्र जैसी लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *