• माघ २५, २०८१
  • No Comment
  • 113

चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह (म.स्वा.से.), र विद्यालय शिक्षकहरूलाई एच.पी.भि. (HPV) खोप अभियान २०८१ बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेकोले चौकुने गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको यस खोप अभियानलाई सार्थक र भव्य रूपमा सफल पार्न पालिका खोप समन्वय समिति, महिला स्वयंसेवी समूह, र विद्यालय शिक्षकहरूको महत्वपूर्ण भूमिका रहनेछ।

यसैले माघ २७ देखि ३० गतेसम्म खोप सञ्चालन गर्न सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वासका साथ अभिमुखिकरण गरिएको चौकुने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ईन्द्र बहादुर जैसुरीले जानकारी दिनु भएको छ । यस अभियानको लक्षित समूह विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समूहका बालिकाहरू हुन्।

यस अभियानले गर्भाशय ग्रीवाको क्यान्सरबाट बचाउन एच.पी.भि. खोपको महत्वपूर्ण भूमिका रहेको छ। यस्तै चौकुने गाउपालिकाका अध्यक्ष खडक बिवस बासपानेले यस अभियानलाई सफल बनाउन स्थानीय समुदाय, अभिभावक, र शिक्षकहरूको सहयोग अपेक्षा रहने बताउनु भएको छ । उहाँले यस अभियानले न केवल बालिकाहरूको स्वास्थ्य सुरक्षा गर्ने, र समग्र रूपमा समाजलाई जागरूक बनाउने महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

एच.पी.भि. खोप अभियान २०८१ को अभिमुखिकरण कार्यक्रमले अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहभागिताको अपेक्षा समेत गर्नुभएको छ । कार्यक्रममा चौकुने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बि क ले बोल्दै एच.पि.भी.खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले खोपबारे अभिभावकलाई समेत सचेतना प्रदान गर्नुपर्नेमा बताउदै नेपाल सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेकोले यो अभियानका लक्षित वर्गलाई नछुटाउन सम्पुर्ण क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले सबै बर्ग र समुदायले यो अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा पालिका खोप समन्वय समितिका संचालक तथा चौकुने गाउपालिका का अध्यक्ष खडब बिवस बासपानेको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रममा चौकुने गाउँ पालिका प्रमुख प्रशाशकिय अधिकृत पुर्ण बहादुर बि क स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरी ,जनस्वास्थ्य निरिक्षक जनक बिश्वकर्मा ,वडा न ७ का वडा अध्यक्ष धनिराम धमला ,वडा न ८ का वडा अध्यक्ष कमल बहादुर जि सि वडा न ५ का वडा अध्यक्ष तुलाराम हिस्की मगर वडा न ३ का वडा अध्यक्ष गणेश कुमार राना मगर ,वडा न १ का वडा अध्यक्ष जिरक बडुवाल ,बडा न ६ का वडा अध्यक्ष गोबिन्द थापा, ईलाका प्रहरी कार्यालय गुटुका नारायण बिष्ट , चौकुने गाउँ पालिका बिधान संयोजक मान बहादुर श्रेष्ठ जमल्याह मुल ताल संरक्षण समितिका अध्यक्ष अमर बि सी महिला स्वयंसेवी समूह लगायत सरोकारवाला निकाय तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *