• माघ २३, २०८१
  • No Comment
  • 231

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

महिला त्रिकोणात्मक टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ४२ रन बनाएको छ।

यसअघिका चारवटै खेलमा पराजित भएको नेपालको फाइनलमा पुग्ने सम्भावना सकिएको छ। नेदरल्यान्ड्स र थाइल्यान्डसँग समान दुई खेलमा नेपाल पराजित भइसकेको छ। नेपालले नेदरल्यान्ड्ससँग अन्तिम खेल खेलिरहेको हो भने थाइल्यान्डसँग पनि अन्तिम खेल बाँकी छ। तीन टोलीले एकअर्काविरुद्ध समान तीन खेल खेलेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

थाइल्यान्ड र नेदरल्यान्ड्सले फाइनलमा खेल्ने पक्का भइसकेको छ।  नेदरल्यान्ड्सविरुद्ध पनि नेपालका दुवै ओपनर सस्तैमा आउट भए। ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भएपछि ब्याटिङमा कप्तान इन्दु बर्मा र पूजा महतो आएका छन्। पूजा २२ रन र इन्दु १२ रनमा खेलिरहेका छन्।

सम्बन्धित खबर

लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकामा लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कर्णाली जागरण केन्द्रको आयोजना, अष्ट्रेलियन एडको…
लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *