• माघ २३, २०८१
  • No Comment
  • 134

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

महिला त्रिकोणात्मक टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ४२ रन बनाएको छ।

यसअघिका चारवटै खेलमा पराजित भएको नेपालको फाइनलमा पुग्ने सम्भावना सकिएको छ। नेदरल्यान्ड्स र थाइल्यान्डसँग समान दुई खेलमा नेपाल पराजित भइसकेको छ। नेपालले नेदरल्यान्ड्ससँग अन्तिम खेल खेलिरहेको हो भने थाइल्यान्डसँग पनि अन्तिम खेल बाँकी छ। तीन टोलीले एकअर्काविरुद्ध समान तीन खेल खेलेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

थाइल्यान्ड र नेदरल्यान्ड्सले फाइनलमा खेल्ने पक्का भइसकेको छ।  नेदरल्यान्ड्सविरुद्ध पनि नेपालका दुवै ओपनर सस्तैमा आउट भए। ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भएपछि ब्याटिङमा कप्तान इन्दु बर्मा र पूजा महतो आएका छन्। पूजा २२ रन र इन्दु १२ रनमा खेलिरहेका छन्।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *