• माघ २२, २०८१
  • No Comment
  • 180

अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वभौम सम्पत्ति कोष स्थापना गर्न निर्देशन, टिकटक किन्न सक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्यकारी आदेशमा सोमबार स्ताक्षर गरेका छन् । यस आदेशमा, ट्रम्पले सार्वभौम सम्पत्ति कोष खडा गर्न निर्देशन दिएका छन् ।

यो कोषले चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकलाई किन्न सक्ने उनको भनाइ छ । ट्रम्पले आफ्नो चुनावी अभियानमा यस्तो खालको कोषको आइडिया ल्याएका थिए । अतिरिक्त महसुल लगायतबाट उठेको पैसा यो कोषमा राख्ने उनको योजना छ ।

ट्रम्पले यसअघि नै मेक्सिको, क्यानडा र चीनमाथि अतिरिक्त कर लगाइसकेका छन् । अहिलेका लागि २० दिनसम्म मेक्सिको र क्यानडामाथि लगाएको कर रोक्का गरिएको छ । साउदी अरब र नर्वेसँग विश्वको सबैभन्दा ठुलो सार्वभौम कोष छन् । यी दुबैले खनिज इन्धन बेचेको पैसा यी कोषमा राख्ने गरेका छन् । अनि यसको पैसालाई विश्वभर कम्पनी र परियोजनामा लगानी गरिरहेका छन् ।

कोष बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि यो कोषले टिकटक किन्न सक्ने ट्रम्पले भनेका थिए । गएको महिना अमेरिकामा टिकटक केही समयका लागि अफलाइन भएको थियो । प्रतिबन्ध लागू हुनु केही घण्टा अघि नै कम्पनीले सेवा प्रवाह बन्द गरेको थियो । तर ट्रम्पले आश्वासन दिएपछि सेवा सुचारु भयो ।

अमेरिकी टिकटक प्रयोगकर्ताले बन्दको विरोध गरेपछि ट्रम्पले एपमाथि प्रतिबन्धलाई ७५ दिन पछाडि सारेका छन् । माइक्रोसफ्ट पनि टिकटक किन्ने वार्तामा रहेको हालै ट्रम्पले भनेका थिए । टिकटक किन्ने कम्पनीहरूबिच बोलकबोलको युद्ध भएको आफूले हेर्न चाहेको उनको भनाइ थियो । सम्भावित क्रेताको सूचीमा ल्यारी एलिसन र एलन मस्क जस्ता ठुला नाम पनि सुनिएका छन् ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *