• माघ २२, २०८१
  • No Comment
  • 102

अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वभौम सम्पत्ति कोष स्थापना गर्न निर्देशन, टिकटक किन्न सक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्यकारी आदेशमा सोमबार स्ताक्षर गरेका छन् । यस आदेशमा, ट्रम्पले सार्वभौम सम्पत्ति कोष खडा गर्न निर्देशन दिएका छन् ।

यो कोषले चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकलाई किन्न सक्ने उनको भनाइ छ । ट्रम्पले आफ्नो चुनावी अभियानमा यस्तो खालको कोषको आइडिया ल्याएका थिए । अतिरिक्त महसुल लगायतबाट उठेको पैसा यो कोषमा राख्ने उनको योजना छ ।

ट्रम्पले यसअघि नै मेक्सिको, क्यानडा र चीनमाथि अतिरिक्त कर लगाइसकेका छन् । अहिलेका लागि २० दिनसम्म मेक्सिको र क्यानडामाथि लगाएको कर रोक्का गरिएको छ । साउदी अरब र नर्वेसँग विश्वको सबैभन्दा ठुलो सार्वभौम कोष छन् । यी दुबैले खनिज इन्धन बेचेको पैसा यी कोषमा राख्ने गरेका छन् । अनि यसको पैसालाई विश्वभर कम्पनी र परियोजनामा लगानी गरिरहेका छन् ।

कोष बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि यो कोषले टिकटक किन्न सक्ने ट्रम्पले भनेका थिए । गएको महिना अमेरिकामा टिकटक केही समयका लागि अफलाइन भएको थियो । प्रतिबन्ध लागू हुनु केही घण्टा अघि नै कम्पनीले सेवा प्रवाह बन्द गरेको थियो । तर ट्रम्पले आश्वासन दिएपछि सेवा सुचारु भयो ।

अमेरिकी टिकटक प्रयोगकर्ताले बन्दको विरोध गरेपछि ट्रम्पले एपमाथि प्रतिबन्धलाई ७५ दिन पछाडि सारेका छन् । माइक्रोसफ्ट पनि टिकटक किन्ने वार्तामा रहेको हालै ट्रम्पले भनेका थिए । टिकटक किन्ने कम्पनीहरूबिच बोलकबोलको युद्ध भएको आफूले हेर्न चाहेको उनको भनाइ थियो । सम्भावित क्रेताको सूचीमा ल्यारी एलिसन र एलन मस्क जस्ता ठुला नाम पनि सुनिएका छन् ।

सम्बन्धित खबर

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ भए मात्र विकास र समृद्धिको लक्ष्य हासिल…
सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य…
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *