• माघ २१, २०८१
  • No Comment
  • 26

सामाजिक सञ्जाल कम्पनीलाई सरकारको चेतावनी– दर्ता नगरे प्रतिबन्ध हुने

सरकारले अन्तर्राष्ट्रिय सामाजिक सञ्जालका कम्पनीलाई नेपालमा दर्ता नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम त्यस्ता कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको हो ।

निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल कम्पनी सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने उल्लेख छ । यस्तै, दफा ६ मा नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ । निर्देशिका अनुसार दर्ता नहुने सामाजिक सञ्जाल कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने सूचनामा उल्लेख छ ।

यसबाहेक सामाजिक सञ्जाल कम्पनीले नेपालको पयर्टन प्रवर्धनले, सुरक्षा तथा डिजिटल लिट्रेसीको प्रवर्धन एवं कन्टेन्ट फिल्टर एवं मोडरेसनका लागि प्रविधिसमेत अँगाल्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

०८१ माघ १५ मा राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जालको व्यवस्था गर्न बनेको विधेयकमा पनि सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्न विभिन्न व्यवस्था समेटेको छ । यसबीच मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।

नेपालमा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, टिकटक, युट्युबलगायत विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सञ्चालनमा छन् । यीमध्ये धेरैजसो कम्पनी नेपालमा दर्ता भएका छैनन् ।

सरकारले त्यस्ता कम्पनीलाई दर्ता गर्दा कम्पनीको सम्पर्क व्यक्ति तोक्न पनि भनेको छ । सरकारको सूचनामा सामाजिक सञ्जाल नियमन निर्देशिकाअनुसार दर्ता नहुने कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने पनि बताइएको छ ।

यही माघ १५ मा राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्न विभिन्न व्यवस्था समेटेको छ । यही विधेयकअनुसार नै सरकारले सूचना जारी गरेको हो ।

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *