• माघ २१, २०८१
  • No Comment
  • 137

स्वर्गीय जीवन घर्तीको सम्झनामा सरस्वती मन्दिर निर्माण

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ३ स्थित श्री सुन्दर जनजागरण प्रा.वी मा स्वर्गीय जीवन घर्तीको सम्झनामा सरस्वती मन्दिर निर्माण गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं. ३ का खडक बहादुर घर्तीले रोजगारीको शिलसिलामा कोरियामा मुत्यु भएका आफ्ना स्वर्गीय भाइ जीवन घर्ती को सम्झनामा सरस्वती मन्दिर सोही वडाको श्री सुन्दर जनजागरण प्रा वीमा १४ लाख रुपैयाँ लगानी गरेर व्यक्तिगत मन्दिर निर्माण गरेको घर्ती परिवारले जानकारी दिएका छन् ।

पञ्चपुरी नगरपालिका नगर प्रमुख लालविर भण्डारीबाट मन्दिर उदघाटन गरिएको हो । आज पन्चमीको अवसरमा उद्घाटन समेत गरिएको छ उक्त मन्दिर निर्माण गर्ने परिवारका सदस्यहरुले बिधालयका प्र अ वीर बहादुर सिजापति लाई मन्दिर हस्तान्तरण गरेका हुन् ।

भाईको स्मृतिमा पुजाआरधना गर्ने मन्दिर निर्माण गरेको खडक बहादुर घर्तीले बताए । “जीवन घर्तीको स्मृतिलाई चिरस्थायी बनाउन परिवारका तर्फबाट मन्दिर बनाएका हौँ,” उनले भने मन्दिर निर्माण संगै मन्दिर छेउमा घेरबारका लागि तारजाली समेत गरेका छन् ।

पञ्चपुरी नगरपालिका नगर प्रमुख भण्डारीले हरेक नागरिक सामाजिक कार्यमा अग्रसर भए जनप्रतिनिधिलाई पनि काम गर्न सजिलो हुने भन्दै घर्ती परिवारको कामको प्रसंसा गर्नु भएको छ उहाँले आगामी दिनमा पनि आमनागरिकहरु संगै मिलेर सामाजिक काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै पञ्चपुरी नगरपालिका वडा न १ का पुर्व वडा अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य धन बहादुर थापाले पवित्र कार्यमा सहकार्य गर्नुभएकोमा घर्ती परिवारलाई धन्यावाद सहित , “स्वर्गिय जीवन घर्तीलाई श्रदासुमन र शोकाकुल परिवारलाई हार्दिक समवेदना ब्यक्त गर्नु भएको थियो ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *