• माघ २१, २०८१
  • No Comment
  • 154

ट्रक र कार आपसमा ठोक्किदा १ जना महिला घाइते

पृथ्वी राजमार्गअर्न्तगत ट्रक र कार आपसमा ठोक्किंदा एक जना महिला घाइते भएकी छन् । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।

दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका–४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी चौकी मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । कार चालक पनि उनको उपचारका लागि गएका छन् ।

प्रहरी निरीक्षक भण्डारीका अनुसार कारले ओभरटेक गर्ने क्रममा ठोक्किएको हो ।

सम्बन्धित खबर

सुर्खेतबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल फेला

वीरेन्द्रनगर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल अवस्थामा फेला परेका छन् । जिल्ला कालिकोट रास्कोट नगरपालिका–८ घर…
यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।…
यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *