• माघ १८, २०८१
  • No Comment
  • 27

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु

संघीय संसद्को हिउँदे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदै छ ।

दुवै सदनको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा प्रतिनिधि सभा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

सम्बन्धित खबर

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…
नेपालले आज युगाण्डासँग खेल्दै

नेपालले आज युगाण्डासँग खेल्दै

चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज युगाण्डासँग प्रतिस्पर्धा गर्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न…
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६ जिल्लामा सार्वजनिक बिदा

पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६…

नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) रंगहरूको उत्सव होली अर्थात् फागु पर्व उल्लासपूर्वक मनाईँदैछ। फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *