• माघ १०, २०८१
  • No Comment
  • 108

भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ७ जनाकाे सनाखत

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो । यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेहरूमा नन्द राम बिक, हिम बिक, मैसरा देबी कामी, जयकला जयगडी ,कमला भण्डारी, राधेश्याम बीक, लक्षीराम पासवान रहेका छन । थप मानवीय क्षति विवरण अाउन बाँकि रहेकाे छ ।

अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो ।

दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।

सम्बन्धित खबर

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…
नेपालले आज युगाण्डासँग खेल्दै

नेपालले आज युगाण्डासँग खेल्दै

चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज युगाण्डासँग प्रतिस्पर्धा गर्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न…
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६ जिल्लामा सार्वजनिक बिदा

पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६…

नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) रंगहरूको उत्सव होली अर्थात् फागु पर्व उल्लासपूर्वक मनाईँदैछ। फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *