• माघ ९, २०८१
  • No Comment
  • 32

हुम्लामा खानेपानीको समस्या

कर्णालीको विकट ठाउँ हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सिमकोट तल्लो बजारमा धारामा पानी आउन छाडेपछि घण्टाँै लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए ।

उनले भने, ‘तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छाडेको छ, पानी आएका एक दुई छिटफुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ, बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पानी आउने हुँदा कहिले त खाना पकाउने पानी नै पुग्दैन, खाना पकाउनलगायतका लागिसमेत पानीको समस्या छ, व्यक्तिगत सरसफाइमा पनि समस्या छ ।’

एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता स्थानीयको छ । एक बाल्टी पानी थाप्न लाइनमा बस्नुपर्ने बाध्यता छ । हिउँदको समयमा पानीमा बिहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप टुटफुट भएका कारण तल्लो बजारवासीले खानेपानीको समस्या झेल्दै आउनुपरेको छ । खानेपानीका धारामा बरफ जमेर पानीसमेत आउन नसकेको हो ।

सम्बन्धित खबर

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…
नेपालले आज युगाण्डासँग खेल्दै

नेपालले आज युगाण्डासँग खेल्दै

चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज युगाण्डासँग प्रतिस्पर्धा गर्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न…
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६ जिल्लामा सार्वजनिक बिदा

पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६…

नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) रंगहरूको उत्सव होली अर्थात् फागु पर्व उल्लासपूर्वक मनाईँदैछ। फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *