• माघ ६, २०८१
  • No Comment
  • 158

झापामा कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट

प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको प्रहरीले जनाएको छ।

बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको प्रहरीको भनाई छ।

कुटपिटबाट थापा घाइते भएका छन्। उनको आँखामा चोट लागेको छ। थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिए।

विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो।

सोही विवादका क्रममा ती चालकले थापामाथि हातपात गरेको प्रहरीले जनाएको छ। थापामाथि कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

नेपाल विद्युत प्राधिकरण झापाका ड्राइभरले हातपात गरेको प्रहरी श्रोतले जनाएको छ।

सम्बन्धित खबर

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

 गर्मी मौसम स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन सक्छ, तर सही बानी अपनाए स्वस्थ र ऊर्जावान रहन सजिलो हुन्छ। लामो दिन, खुला मौसम…
चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपालको सहजिकरणमा चौकुने गाउँपालिका वडा नं. ६, ७ र ८…
सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…

Leave a Reply

Your email address will not be published. Required fields are marked *