• पुस २६, २०८१
  • No Comment
  • 147

३ बर्ष र ६ महिनाकी दुई छोरीको घाँटी थिचेर हत्या गरेको अभियोग स्विकार गरिन पुर्णिमाले

सल्यानको कुपिण्डे–११, सिस्नेपातालकी १७ वर्षीय पुर्णिमा रानाले ३ बर्षीया र ६ महिने छोरीको हत्या गरेको स्वीकार गरेकी छन ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बुधबार बिहान पूर्णिमाका ३ वर्ष र ६ महिनाका दुई छोरीहरु घरभित्रै मृत भेटिएका थिए ।

घटनाको सुचना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले आमा पूर्णिमालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।

प्रहरीको सोधपुछ पछि पूर्णिमा रानाले हत्याको अभियोग स्वीकार्दै प्रारम्भिक बयान प्रहरी समक्ष दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरीले नायव उपरिक्षक केशर कुमार न्यौपानेले लाईका खबरसंग बताएका छन ।
न्यौपानेका अनुसार घरमा अन्य सदस्य नभएकोले हत्या गर्नुको खास कारण नखुलेका बताए ।
साथै, पूर्णिमाको प्रारम्भिक बयानका आधारमा बिहीबार जाहेरी दर्ता गरी थप अनुसन्धान हुनेछ ।

प्रहरीका अनुसार उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन ।

१४ बर्षको उमेरमा नै बिहे गरेकी उनले १७ बर्षको पुग्दा दुई सन्तानलाई जन्म दिएर हत्या समेत गरिसकेको अभियोग छ । उनका पति टेकमान राना २५ वर्षका छन् ।

घर खर्च चलाउन उनका टेकमान नुवाकोटमा बसेर काम गर्दै आएका थिए ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *