• पुस २६, २०८१
  • No Comment
  • 190

३ बर्ष र ६ महिनाकी दुई छोरीको घाँटी थिचेर हत्या गरेको अभियोग स्विकार गरिन पुर्णिमाले

सल्यानको कुपिण्डे–११, सिस्नेपातालकी १७ वर्षीय पुर्णिमा रानाले ३ बर्षीया र ६ महिने छोरीको हत्या गरेको स्वीकार गरेकी छन ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बुधबार बिहान पूर्णिमाका ३ वर्ष र ६ महिनाका दुई छोरीहरु घरभित्रै मृत भेटिएका थिए ।

घटनाको सुचना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले आमा पूर्णिमालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।

प्रहरीको सोधपुछ पछि पूर्णिमा रानाले हत्याको अभियोग स्वीकार्दै प्रारम्भिक बयान प्रहरी समक्ष दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरीले नायव उपरिक्षक केशर कुमार न्यौपानेले लाईका खबरसंग बताएका छन ।
न्यौपानेका अनुसार घरमा अन्य सदस्य नभएकोले हत्या गर्नुको खास कारण नखुलेका बताए ।
साथै, पूर्णिमाको प्रारम्भिक बयानका आधारमा बिहीबार जाहेरी दर्ता गरी थप अनुसन्धान हुनेछ ।

प्रहरीका अनुसार उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन ।

१४ बर्षको उमेरमा नै बिहे गरेकी उनले १७ बर्षको पुग्दा दुई सन्तानलाई जन्म दिएर हत्या समेत गरिसकेको अभियोग छ । उनका पति टेकमान राना २५ वर्षका छन् ।

घर खर्च चलाउन उनका टेकमान नुवाकोटमा बसेर काम गर्दै आएका थिए ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *