• पुस २६, २०८१
  • No Comment
  • 118

रविसहित सात जना प्रतिवादीलाई रिहा गर्दा अदालतको आदेशमा के छ ?

कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटी माग गरेको उक्त अदालतका स्रेस्तेदार राजन खनालले बताए।

अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापनि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

अदालतको उक्त आदेशसँगै रविसहित ६ जना धरौटी बुझाएर रिहा भएका छन्। रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङ धरौटी रकम बुझाएर थुनामुक्त भएका हुन्।

याे थुनछेक बहस १० दिन सम्म भएकाे थियाे ।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *