- पुस २२, २०८१
- No Comment
- 54
आज दुर्घटना हुनबाट जोगियो बुद्ध एयरको जहाज
आज बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ। सोमबार बिहान काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको उडान नम्बर BHA ९५३ को जहाजको बायाँ इन्जिनमा गम्भीर समस्या आएपछि यतै फर्काइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाजमा ७२ जना यात्रु र ४ जना चालकदलका सदस्य थिए।
जहाजमा रहेका चालकदलसहित सबै यात्रुहरू सुरक्षित रहेको प्राधिकरण कार्यालयले जनाएको छ।
कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ,’बुद्धएयरको उडान नम्बर BHA ९५३ जहाजले काठमाडौंदेखि ४३ नटिकल माइल पूर्व पुग्दा बायाँ इन्जिनमा Flame Out भएकाले सिंगल इन्जिन भइ Full Emergency Declare गरी काठमाडौं तर्फ फर्कि आएको र गुराँस विन्दुबाट VOR एप्रोच गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ : १५ बजे सुरक्षित अवतरण गराइएको हो।’