• पुस २२, २०८१
  • No Comment
  • 133

आज दुर्घटना हुनबाट जोगियो बुद्ध एयरको जहाज

आज बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ। सोमबार बिहान काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको उडान नम्बर  BHA ९५३ को जहाजको बायाँ इन्जिनमा गम्भीर समस्या आएपछि यतै फर्काइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाजमा ७२ जना यात्रु र ४ जना चालकदलका सदस्य थिए।

जहाजमा रहेका चालकदलसहित सबै यात्रुहरू सुरक्षित रहेको प्राधिकरण कार्यालयले जनाएको छ।

कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ,’बुद्धएयरको उडान नम्बर BHA ९५३ जहाजले काठमाडौंदेखि ४३ नटिकल माइल पूर्व पुग्दा बायाँ इन्जिनमा Flame Out भएकाले सिंगल इन्जिन भइ Full Emergency Declare गरी काठमाडौं तर्फ फर्कि आएको र गुराँस विन्दुबाट VOR एप्रोच गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ : १५ बजे सुरक्षित अवतरण गराइएको हो।’

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *