• पुस २२, २०८१
  • No Comment
  • 175

आज दुर्घटना हुनबाट जोगियो बुद्ध एयरको जहाज

आज बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ। सोमबार बिहान काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको उडान नम्बर  BHA ९५३ को जहाजको बायाँ इन्जिनमा गम्भीर समस्या आएपछि यतै फर्काइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाजमा ७२ जना यात्रु र ४ जना चालकदलका सदस्य थिए।

जहाजमा रहेका चालकदलसहित सबै यात्रुहरू सुरक्षित रहेको प्राधिकरण कार्यालयले जनाएको छ।

कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ,’बुद्धएयरको उडान नम्बर BHA ९५३ जहाजले काठमाडौंदेखि ४३ नटिकल माइल पूर्व पुग्दा बायाँ इन्जिनमा Flame Out भएकाले सिंगल इन्जिन भइ Full Emergency Declare गरी काठमाडौं तर्फ फर्कि आएको र गुराँस विन्दुबाट VOR एप्रोच गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ : १५ बजे सुरक्षित अवतरण गराइएको हो।’

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *