• पुस २०, २०८१
  • No Comment
  • 28

भैँसीको मासु निर्यात सम्झौता खारेज माग गर्दै माइतीघरमा प्रदर्शन

चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न सङ्घसंस्थाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न अहिंसावादी संघ, संस्था, शाकाहारी सङ्घ लगाए तले भैँसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले आफू पनि बाचौँ र अरूलाई पनि बाच्न दिऔँ, मासु निर्यात सम्झौता खारेज गर्रौ, सम्पूर्ण प्राणीप्रति करुणा भाव राखौँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले चीनसगको भैँसीको मासु निर्यात सम्झौता उचित नभएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका थिए ।

सम्पूर्ण प्राणिको जीवन रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराउन विरोध गरेको उनीहरूले बताएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगा–भैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको भएको थियो । सरकारले भने नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा उक्त सम्झौता महत्त्वपूर्ण हुने बताउँदै आएको छ ।

सम्बन्धित खबर

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

महिला त्रिकोणात्मक टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा…
सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *