• पुस १९, २०८१
  • No Comment
  • 53

सचिन परिवारको गरियो अन्तिम संस्कार

बिहीबार ज्यान गुमाएका बालगायक सचिन परियारको आज अन्तिम संस्कार गरिएको छ ।

सचिनको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज दाहसंस्कार गरिएको हो । उनको शव बिहीबार नै पशुपति पुर्‍याइए पनि सचिनका हजुरबुवा लगाएतका आफन्त आउन ढिला हुने भएकाले उनको अन्तिम दाहसंस्कार आज गरिएको हो ।

लामो समयदेखि अस्वस्थ सचिन महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत थिए । उनको उपचारकै क्रममा हिजो बिहान १० बजे निधन भएको थियो ।

भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका थुप्रै गीत समाजिक सञ्जालमा भाइरल छन्।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।

‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन ।

सम्बन्धित खबर

प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्रता ल्याउन निर्देशन

प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्रता ल्याउन निर्देशन

  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन शहरी विकास मन्त्रालयलाई तीव्रताका साथ काम गर्न निर्देशन दिएका…
स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण गुटु स्वास्थ्य चौकी को आयोजनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी…
सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा बेपत्ता

सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा…

  सुर्खेतमा भोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेवत्ता भएका छन् । बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *