• पुस १९, २०८१
  • No Comment
  • 201

सचिन परिवारको गरियो अन्तिम संस्कार

बिहीबार ज्यान गुमाएका बालगायक सचिन परियारको आज अन्तिम संस्कार गरिएको छ ।

सचिनको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज दाहसंस्कार गरिएको हो । उनको शव बिहीबार नै पशुपति पुर्‍याइए पनि सचिनका हजुरबुवा लगाएतका आफन्त आउन ढिला हुने भएकाले उनको अन्तिम दाहसंस्कार आज गरिएको हो ।

लामो समयदेखि अस्वस्थ सचिन महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत थिए । उनको उपचारकै क्रममा हिजो बिहान १० बजे निधन भएको थियो ।

भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका थुप्रै गीत समाजिक सञ्जालमा भाइरल छन्।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।

‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन ।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *