• पुस १७, २०८१
  • No Comment
  • 138

भारतको होटलमा आमा र ४ छोरी मृत फेला

भारतको होटलमा आमा र ४ छोरी मृत फेला परेका छन ।
भारतीय राज्य उत्तर प्रदेशको राजधानी लखनउस्थित एक होटलमा आज (बुधबार) आमा र उनका चार छोरी हत्या गरिएको अवस्थामा फेला परेका छन ।

भारतीय सञ्चारमाध्यमका अनुसार लखनउस्थित होटल शरणजीतमा अरशद नामका युवकले आमा र चार बहिनीको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २४ वर्षका अरशदले ९ वर्षीया आलिया, १९ वर्षीया अल्सिया, १६ वर्षीया अक्सा र १८ वर्षीया रहमिनसहित आफ्नी आमाको हत्या गरेका हुन ।

अरशदलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछमा उनले पारिवारिक कलहका कारण हत्या गरेको बताएका छन ।

तर पनि वास्तविकताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *