• पुस १२, २०८१
  • No Comment
  • 142

मालिकार्जुनमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मालिकार्जुन गाउँपालिका–४ देवधुराबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले बिहीबार राति स्थानीय किराना तथा नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति ११ बजेतिर शंकरपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मालिकार्जुन गाउँपालिका–४ देवधुरामा स्थानीय ४० वर्षीय भुवनसिंह धामीले सञ्चालन गरेको अमन किराना तथा नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक धामीसहित ९ जना जुवाडेहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

उनीहरुबाट प्रहरीले नगद एक लाख १३ हजार ७ सय ७५ रुपैया र २ गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए । उनका अनुसार प्रकाउ पर्नेमा पसल सञ्चालक धामीसंगै मालिकार्जुन गाउपालिका–४ का ५२ वर्षीय इन्द्रसिंह धामी, ४० वर्षीय भवानसिंह धामी, ३१ वर्षीय मिनसिंह धामी, ४० वर्षीय गगनसिंह धामी र ३५ वर्षीय किसनसिंह धामी रहेका छन् ।

त्यस्तै, मालिकार्जुन गाउपालिका–३ का ६० वर्षीय उत्तरसिंह धामी, सोही वडाका ५६ वर्षीय मानसिंह धामी र मालिकार्जुन–८ का ५१ वर्षीय गम्भीरसिंह धामी रहेको सूचना अधिकारी जोशीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *