• पुस १२, २०८१
  • No Comment
  • 115

मालिकार्जुनमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मालिकार्जुन गाउँपालिका–४ देवधुराबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले बिहीबार राति स्थानीय किराना तथा नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति ११ बजेतिर शंकरपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मालिकार्जुन गाउँपालिका–४ देवधुरामा स्थानीय ४० वर्षीय भुवनसिंह धामीले सञ्चालन गरेको अमन किराना तथा नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक धामीसहित ९ जना जुवाडेहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

उनीहरुबाट प्रहरीले नगद एक लाख १३ हजार ७ सय ७५ रुपैया र २ गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए । उनका अनुसार प्रकाउ पर्नेमा पसल सञ्चालक धामीसंगै मालिकार्जुन गाउपालिका–४ का ५२ वर्षीय इन्द्रसिंह धामी, ४० वर्षीय भवानसिंह धामी, ३१ वर्षीय मिनसिंह धामी, ४० वर्षीय गगनसिंह धामी र ३५ वर्षीय किसनसिंह धामी रहेका छन् ।

त्यस्तै, मालिकार्जुन गाउपालिका–३ का ६० वर्षीय उत्तरसिंह धामी, सोही वडाका ५६ वर्षीय मानसिंह धामी र मालिकार्जुन–८ का ५१ वर्षीय गम्भीरसिंह धामी रहेको सूचना अधिकारी जोशीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *