• पुस १०, २०८१
  • No Comment
  • 230

जाडोमा यी चीज खाँदा बढ्‌छ कोलेस्ट्रोल ?

कोलेस्ट्रोल शरीरका कोशिकाहरूमा पाइने तत्व हो, जुन शरीरको क्रियाकलापका लागि आवश्यक हुन्छ । तर यसको अत्यधिक स्तर हानिकारक हुनसक्छ ।

उच्च कोलेस्ट्रोल, जसलाई हाइपर कोलेस्ट्रोलेमिया पनि भनिन्छ, यसले मुटु रोग र स्ट्रोकको जोखिम बढाउँछ।

शरीरमा गुड र ब्याड कोलेस्ट्रोलको स्तर बढ्‌न-घट्‌नमा खानपानको महत्त्‌वपूर्ण भूमिका हुन्छ। विशेष गरी जाडोमा केही त्यस्ता खाद्य पदार्थ धेरै खाइन्छन्, जसले तपाईंको कोलेस्ट्रोलको स्तर बढाउन सक्छन्.​

के जाडोमा कोलेस्ट्रोल बढ्‌न सक्छ ?

जाडोको मौसम स्वास्थ्यको दृष्टिले निकै चुनौतीपूर्ण हुन्छ । खानपान, जीवनशैली र अनुवांशिकता कोलेस्ट्रोल बढ्‌ने कारण बन्न सक्छन्. जाडोले प्रत्यक्ष रूपमा कोलेस्ट्रोल बढाउँदैन, तर जाडो महिनामा स्वस्थ आहार र व्यायामको तालिका कायम राख्न गाह्रो हुनसक्छ, जसले गर्दा कोलेस्ट्रोलको स्तर बढ्‌न सक्छ।

तापक्रम घट्‌दा शरीरलाई तातो राख्न फ्राइड स्न्याक्स र कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ खाने इच्छा बढ्‌छ। यस्ता धेरै खाद्य पदार्थ वर्षभरि उपलब्ध हुन्छन्, तर जाडोमा ती बढी खाइन्छन्. यहाँ केही खाद्य पदार्थहरू छन् जुन उच्च कोलेस्ट्रोलको कारण बन्न सक्छन् ।

घिउ

जाडोमा परिकारहरूमा घिउको प्रयोग धेरै हुन्छ। विशेषज्ञहरू भन्छन्, यसले खानामा स्वाद, बनावट र सुगन्ध थप्छ । यो स्वस्थ बोसोको राम्रो स्रोत हो, तर धेरै खाँदा, विशेष गरी नियमित व्यायाम नगरेको अवस्थामा, यसले शरीरमा खराब कोलेस्ट्रोलको स्तर बढाउन सक्छ।​

पनिर

​पनिर पनि नेपालमा लोकप्रिय परिकार हो । विशेषगरी पालक पनिर र पनिर टिक्काजस्ता परिकार लोकप्रिय छन् । यसमा पनि स्याचुरेटेड फ्याट धेरै हुन्छ, जसले कोलेस्ट्रोलको स्तर बढाउन सक्छ।​

रातो मासु

जाडोमा प्रायः रातो मासु मन पराइन्छ, किनभने यसले शरीरलाई तातो राख्छ। तर, यसमा स्याचुरेटेड फ्याट र कोलेस्ट्रोल धेरै हुन्छ, जसले मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ।

तारेका स्न्याक्स

​समोसा, पकौडाजस्ता फ्राइ गरिएका स्न्याक्स जाडोमा धेरै खाइन्छन्, तर यस्ता खाद्य पदार्थहरूमा ट्रान्स फ्याट अत्यधिक हुन्छ, जसले खराब कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ।

 

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *