• पुस ८, २०८१
  • No Comment
  • 202

चौकुने गाउँपालिका गुटुदेखि जँगलाघाट जोड्ने सडकको पालिका अध्यक्षद्वारा उद्वघाटन

सुर्खेत। चौकुने गाउँपालिका गुटुदेखि जँगलाघाट जोड्ने सडकको पालिका अध्यक्ष खडक बिवस वासपाने ज्यु द्वारा उद्वघाटन गरिएको छ ।चौकुने गाउँपालिका सरकारले बिगत बर्ष देखि सो सडक खण्ड निर्माण सम्पन्न गर्नको लागि प्रयास गरिएको थियो । पालिकाको चालू आर्थिक बर्षमा बिनियोजित बजेटले ट्रयाक खोल्न सफल भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खडक बिवस् वासपानेले समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर भएको बताउनु भएको छ । जनताले निर्वाचन मार्फत विश्वास गरेका छन्, सरकार विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको बताउनु भयो । लामो समयको अथाह प्रयास पछि सडक खण्डको ट्रयाक खुल्ला भए पछि स्थानीयवासीले सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा चाैकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला, जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपाली , चाैकुने वडा नं ५,का वडा अध्यक्ष तुलाराम हिस्की मगर ,वडा न ६का वडा अध्यक्ष गोबिन्द थापा ,वडा न ७का वडा अध्यक्ष धनिराम धमाला र वडा न ८का अध्यक्ष कमल जि सी र विभिन्न राजनीतिक दलका जनप्रतिनिधि लगायत स्थानीयहरुकाे उपस्थिति रहेकाे थियो ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *