• पुस ८, २०८१
  • No Comment
  • 255

चौकुने गाउँपालिका गुटुदेखि जँगलाघाट जोड्ने सडकको पालिका अध्यक्षद्वारा उद्वघाटन

सुर्खेत। चौकुने गाउँपालिका गुटुदेखि जँगलाघाट जोड्ने सडकको पालिका अध्यक्ष खडक बिवस वासपाने ज्यु द्वारा उद्वघाटन गरिएको छ ।चौकुने गाउँपालिका सरकारले बिगत बर्ष देखि सो सडक खण्ड निर्माण सम्पन्न गर्नको लागि प्रयास गरिएको थियो । पालिकाको चालू आर्थिक बर्षमा बिनियोजित बजेटले ट्रयाक खोल्न सफल भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खडक बिवस् वासपानेले समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर भएको बताउनु भएको छ । जनताले निर्वाचन मार्फत विश्वास गरेका छन्, सरकार विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको बताउनु भयो । लामो समयको अथाह प्रयास पछि सडक खण्डको ट्रयाक खुल्ला भए पछि स्थानीयवासीले सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा चाैकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला, जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपाली , चाैकुने वडा नं ५,का वडा अध्यक्ष तुलाराम हिस्की मगर ,वडा न ६का वडा अध्यक्ष गोबिन्द थापा ,वडा न ७का वडा अध्यक्ष धनिराम धमाला र वडा न ८का अध्यक्ष कमल जि सी र विभिन्न राजनीतिक दलका जनप्रतिनिधि लगायत स्थानीयहरुकाे उपस्थिति रहेकाे थियो ।

सम्बन्धित खबर

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *