• पुस ७, २०८१
  • No Comment
  • 3

टिकटक बनाउँन खोज्दा खोलाको खोंचमा खसेर नर्स र विद्यार्थीको मृत्यु

शनिबार तेह्रथुमको मेन्छ्‌यायेम गाउँपालिकामा टिकटक बनाउन खोज्दा खोरुङ्ग खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको रहेको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले जानकारी दिइन् ।

शनिबारको बिदा पारी साथीहरुसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए ।

सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए ।

सम्बन्धित खबर

कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका- ३ ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा प्रहरीले…
आज रवि लामिछानेविरुद्ध मुद्दा दर्ता हुने

आज रवि लामिछानेविरुद्ध मुद्दा दर्ता हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला प्रहरी…
प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना हुँदा ३ जना घाइते

प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना हुँदा ३ जना घाइते

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । राज्यमन्त्री बम सवार प्रदेश ३-०१-०२४…

Leave a Reply

Your email address will not be published. Required fields are marked *