• पुस ६, २०८१
  • No Comment
  • 186

जाडो याममा यस्ता खानेकुरा खाँदा स्वास्थ्य ऊर्जावान हुन्छ

शरीरलाई जाडो याममा न्यानो र ऊर्जावान् राख्न पौष्टिक तथा तातो खाना आवश्यक हुन्छ । यस्तो मौसममा प्रोटिनयुक्त खाना बढी खानु राम्रो हुन्छ । तातो खाद्यान्नले ‘हिट जेनेरेसन’ गर्छ । यसले गर्दा शक्ति खपत बढी हुन्छ । भोक छिटो लाग्छ । खाना पनि बढी रुच्छ ।

कार्बोहाइड्रेटजन्यभन्दा प्रोटिन र फ्याटयुक्त खानेकुरा खानु राम्रो हुन्छ । यस्ता खानेकुरा पच्न लामो समय लाग्छ । खाना पच्दा यसले शक्ति प्रदान गर्छ । त्यसो हुँदा शरीर भित्रबाट तातो हुन्छ । यसले रुघाखोकीबाट जोगाउँछ । जाडो समयमा तातो, झोलिलो, प्रोटिनयुक्त, सिजनअनुसार तरकारी, फलफूल आदि खानेकुरामा ध्यान दिनुपर्छ । स्वस्थ रहन दैनिक व्यायाम र राम्रो निद्रा पनि महत्त्‌वपूर्ण हुन्छ । त्यसैले यसतर्फ पनि ध्यान पुर्‍याउनुपर्छ ।

कार्बोहाइड्रेट प्रोटिनको तुलनामा छिटो पच्ने हुन्छ । र, कार्बोहाइड्रेटले शक्ति प्रदान गर्छ । तर, प्रोटिन ढिलो पच्ने भए पनि शक्ति प्रदान गरिरहेको हुन्छ । यसले शरीरलाई न्यानो बनाउँछ । कार्बोहाइड्रेटजन्य खाद्यान्न छिटो पच्ने हुन्छ । यसले छिटो भोक लाग्छ ।

प्रोटिनयुक्त खानाः दाल, मासु, माछा, अन्डा, दूधजस्ता प्रोटिनयुक्त खाना खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्छ । झोलिलो खाना (जस्तैः मासु वा कुखुराको सुप, गेडागुडीको सुप, क्वाँटी) निकै फाइदाजनक हुन्छ ।

घिउ र तेलयुक्त खानाः घिउ हालेर बनाएको खाना (जस्तैः ढिँडो, सुप वा हरियो तरकारी) खाँदा फाइदा हुन्छ । स्वस्थ फ्याट स्रोतका रूपमा तोरीको तेल, तिलको लड्डु, काजु, बदाम खानुपर्छ । यी खानामा भरपुर प्रोटिन, फ्याट र फाइबर पाइन्छ ।

फलफूल र नट्‌सः बदाम, काजु, किसमिस, ओखरले ऊर्जा दिन्छन् । शरीरलाई तातो राख्छ ।

हरियो सागपात र मौसमी तरकारीः पालुंगो, तोरीको साग, मेथी, ब्रोकाउलीलगायत सागसब्जीमा फाइबर, भिटामिन र खनिज तत्त्‌व पाइन्छ । यो याममा मौसमी तरकारी खानु उपयुक्त हुन्छ । यसमा भिटामिनहरू पाइन्छ । फूलगोभी, मुला, गाजरलगायत तरकारी खानु उपयोगी हुन्छ ।

तातो पानी वा जुसः जाडोमा प्यास कम लागे पनि पर्याप्त मात्रामा तातो पानी वा जुस पिउनु उपयुक्त हुन्छ । भिटामिन ‘सी’युक्त फलफूल सुन्तला, किवी र जामुन खानाले प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

खानेकुराको मात्राः खानेकुराको मात्रा व्यक्तिअनुसार फरक-फरक हुन्छ । सामान्यतः एक जना व्यक्तिलाई एक सय क्यालोरी आवश्यक पर्छ । कार्बोहाइड्रेट ४० देखि ४५ अनि फ्याट वा तेल २० प्रतिशत उपयुक्त हुन्छ । बाँकी २० देखि ३५ प्रतिशत प्रोटिन खानुपर्छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *