• पुस ५, २०८१
  • No Comment
  • 171

के तपाईको शरीरमा हेमोग्लोबिन कमि भएको छ ? खानुहोस यस्ता खाने कुरा

रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिनलाई हेमोग्लोबिन भनिन्छ । यसको काम श्वासमार्फत लिएको अक्सिजनलाई शरीरको सबै भागमा पुर्‍याउनु हो ।

स्वास्थ्यको ख्याल नराख्दा शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुन्छ, जसले रगतमा हेमोग्लोबिनको मात्रा पनि कम हुँदै जान्छ ।

यी तत्व कमी हुँदा मानिसलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ । हेमोग्लोबिनको मात्रा कम हुनुलाई रक्तअल्पता पनि भनिन्छ । यो आफैंमा कुनै रोग त होइन, तर रोगको संकेत भने हो । हेमोग्लोबिनको कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्छन् ।

मानिस अनुसार हेमोग्लोबिनको स्तर फरक-फरक हुन्छ । यदि परीक्षणमा हेमोग्लोबिनको मात्रा पुरुषमा १३.५ जीरडीएल र महिलाहरूमा १२ जीरडीएल भन्दा कम छ भने यो अवस्था हेमोग्लोबिन कम भएको मानिन्छ । यसको कमीले शरीरमा रगतको मात्रा घट्छ । यसकारण आज हामी हेमोग्लोबिन बढाउन साहायक खानेकुराको विषयमा जानकारी दिन चाहन्छौँ ।

अनार

अनारमा भिटामिन, क्याल्सियम र आइरन पर्याप्त मात्रामा पाइन्छ । अनारको जुस पिउँदा पनि हेमोग्लोबिन बढाउन सकिन्छ ।

पालकको साग

शरीरमा हेमोग्लोबिनको कमी हुँदा पालकको सेवन गर्न सकिन्छ । पालकमा आइरन अत्यधिक मात्रा पाइन्छ । जसले शरीरमा हेमोग्लोबिन बढाउने काम गर्छ ।

चुकन्दर

यसको सेवनले हेमोग्लोबिन बढाउन मद्दत गर्छ । चुकन्दरको पातमा पनि प्रचुर मात्रामा आइरन पाइन्छ ।

किसमिस

शरीरमा आइरनको कमी पूरा गर्न किसमिसको पनि सेवन गर्न सकिन्छ । यसले रगत बनाउनका लागि आवश्यक भिटामिन बी कम्प्लेक्स पूरा गर्ने काम गर्छ ।

अंकुरित आहार

हेमोग्लोबिनको कमी भएको अवस्थामा तपाईं बिहान उठेर अंकुरित चना, गहुँ लगायतलाई मिसाएर खान सक्नु हुन्छ ।

ओखर

ओखरमा ओमेगा-३ फ्याटी एसिड, क्याल्सियम, म्याग्नेशियम र फाइबर प्रचुर मात्रामा पाइन्छ । दिनहुँ केही मात्रामा ओखर खाँदा फाइदा पुग्छ ।

तिल

तिलको सेवन गर्दा पनि शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ । यसले शरीरमा हुने रगतको कमीलाई पूरा गर्ने काम गर्छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *