• पुस ३, २०८१
  • No Comment
  • 35

एनपीएल : सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । त्रिवि क्रिकेट मेदानमा जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ५८ रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

ब्रान्डन म्याकमुलेनले २५ रन बनाउँदा साइब जेबले ३२ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले २० रनको योगदान गरे । जनकपुर बोल्ट्सका लागि ललितनारायण राजबंशी र किशोर महतोले १-१ विकेट लिए बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जनकपुरका लागि जिम्मी निसमले सर्वाधिक ४५ रन बनाए ।

त्यस्तै शुब कंशकारले २६ रन बनाउँदा हर्श ठाकेर र लाहिरु मिलान्थाले १२-१२ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए ।

उलने ४ ओभर बलिङ गर्दै २९ रन खर्चे । त्यस्तै सेफ जैबले २ विकेट लिँदा अबिनाश बोहरा र स्कट कुग्लिङले १-१ विकेट हात पारे । आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको छ । पराजित जनकपुरले दोस्रो क्वालिफायरमा कणर्ाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

 

सम्बन्धित खबर

सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा बेपत्ता

सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा…

  सुर्खेतमा भोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेवत्ता भएका छन् । बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी…
टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

महिला त्रिकोणात्मक टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा…
सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…

Leave a Reply

Your email address will not be published. Required fields are marked *