• पुस ३, २०८१
  • No Comment
  • 200

एनपीएल : सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । त्रिवि क्रिकेट मेदानमा जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ५८ रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

ब्रान्डन म्याकमुलेनले २५ रन बनाउँदा साइब जेबले ३२ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले २० रनको योगदान गरे । जनकपुर बोल्ट्सका लागि ललितनारायण राजबंशी र किशोर महतोले १-१ विकेट लिए बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जनकपुरका लागि जिम्मी निसमले सर्वाधिक ४५ रन बनाए ।

त्यस्तै शुब कंशकारले २६ रन बनाउँदा हर्श ठाकेर र लाहिरु मिलान्थाले १२-१२ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए ।

उलने ४ ओभर बलिङ गर्दै २९ रन खर्चे । त्यस्तै सेफ जैबले २ विकेट लिँदा अबिनाश बोहरा र स्कट कुग्लिङले १-१ विकेट हात पारे । आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको छ । पराजित जनकपुरले दोस्रो क्वालिफायरमा कणर्ाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

 

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *