• पुस १, २०८१
  • No Comment
  • 164

धरानमा गाजासहित टेम्पो चालक पक्राउ

प्रतिबन्धित लागु औषध गाजासहित टेम्पु चालक पक्राउ परेका छन । आइतबार राति धरानको चारकोसे झाडीबाट गाँजासहित प्रदेश १-०२-००२ ह.१६५५ नम्बरको टेम्पोसहित चालक धरान-१७ का धनबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको डीएसपी प्रकाश जबेगुले बताए ।

भण्डारीले टेम्पोमा लोड गरेको १२३ केजी गाजा बरामद गरिएको उनको भनाई छ। पक्राउ परेका भण्डारीलाई सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

पछिल्लो समय धनकुटामा उत्पादन हुने गाजा तस्करहरूले धरान हुँदै इटहरी, विराटनगरबाट भारततर्फ लैजाने गरेका छन्। धरान प्रहरीले १५ दिन अगाडि पनि दुइटा सरकारी नम्बर प्लेटको गाडीमा गोली हानेर ७ सय केजी गाजा बरामद गरेको थियो।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *