• पुस १, २०८१
  • No Comment
  • 209

धरानमा गाजासहित टेम्पो चालक पक्राउ

प्रतिबन्धित लागु औषध गाजासहित टेम्पु चालक पक्राउ परेका छन । आइतबार राति धरानको चारकोसे झाडीबाट गाँजासहित प्रदेश १-०२-००२ ह.१६५५ नम्बरको टेम्पोसहित चालक धरान-१७ का धनबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको डीएसपी प्रकाश जबेगुले बताए ।

भण्डारीले टेम्पोमा लोड गरेको १२३ केजी गाजा बरामद गरिएको उनको भनाई छ। पक्राउ परेका भण्डारीलाई सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

पछिल्लो समय धनकुटामा उत्पादन हुने गाजा तस्करहरूले धरान हुँदै इटहरी, विराटनगरबाट भारततर्फ लैजाने गरेका छन्। धरान प्रहरीले १५ दिन अगाडि पनि दुइटा सरकारी नम्बर प्लेटको गाडीमा गोली हानेर ७ सय केजी गाजा बरामद गरेको थियो।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *