- मंसिर २७, २०८१
- No Comment
- 57
जाजरकोटमा जिप दुर्घटना : चालक सहित ५ जना को मृत्यु, २ जना घाइते
जाजरकोटमा डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको छ भने २ जना घार्इते भएका छन । बुधबार राती ९:०० बजेको समयमा जाजरकोट नलगार्ड नगरपालिका – ५ कालिमाटीबाट वडा नम्बर -३ करूवा जाँदै गरेकाे ग ३ च ९८४५ नम्बरको जिप कैना- कड्के सडक खण्ड स्थितमा दुर्घटनामा परेकाे हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका आनुसार मृत्यु हुनेमा जाजरकोट नलगार्ड नगरपालिका -३ करुवा स्थितका ३२ वर्षीय इन्द्रजित थापा चालक ६५ वर्षीय शिला पुन, ३३ वर्षीय सारदा थापा, १८ लक्ष्मी पुन रोका र उनका १ महिने छोरा आलोचन रोका को मृत्यु भएको छ । भने घाइते हुनेमा नलगार्ड- ३ का १९ वर्षीय जनक थापा, ६५ वर्षीय जिवन बिक रहेका छन ।
बाेलेराे जिप ८०० मिटर तल खसेकाे छ ।
प्रहरीका अनुसार प्रहरी नायव निरिक्षक अर्जुन खड्काको कमाण्डमा ६ जनाको टोलिले घाइतेहरुलाई नगर अस्पताल पठाएको थियो । र उपचारका क्रममा डाक्टरले ५ जनाको मृत्यु भएको घोषणा गरिसकेका छन। घाइते मध्ये जनक थापाकाे उपचार भइरहेकाे छ भने अर्का एक जना सामान्य उपचार पछि घर फर्किसकेका छन ।