• मंसिर २७, २०८१
  • No Comment
  • 165

जाजरकोटमा जिप दुर्घटना : चालक सहित ५ जना को मृत्यु, २ जना घाइते

जाजरकोटमा डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको छ भने २ जना घार्इते भएका छन । बुधबार राती ९:०० बजेको समयमा जाजरकोट नलगार्ड नगरपालिका – ५ कालिमाटीबाट वडा नम्बर -३ करूवा जाँदै गरेकाे ग ३ च ९८४५ नम्बरको जिप कैना- कड्के सडक खण्ड स्थितमा दुर्घटनामा परेकाे हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका आनुसार मृत्यु हुनेमा जाजरकोट नलगार्ड नगरपालिका -३ करुवा स्थितका ३२ वर्षीय इन्द्रजित थापा चालक  ६५ वर्षीय शिला पुन, ३३ वर्षीय सारदा थापा, १८ लक्ष्मी पुन रोका र उनका १ महिने छोरा आलोचन रोका को मृत्यु भएको छ । भने घाइते हुनेमा नलगार्ड- ३ का १९ वर्षीय जनक थापा, ६५ वर्षीय जिवन बिक रहेका छन ।

बाेलेराे जिप ८०० मिटर तल खसेकाे छ ।

प्रहरीका अनुसार प्रहरी नायव निरिक्षक अर्जुन खड्काको कमाण्डमा ६ जनाको टोलिले घाइतेहरुलाई नगर अस्पताल  पठाएको थियो । र उपचारका क्रममा डाक्टरले ५ जनाको मृत्यु भएको घोषणा गरिसकेका छन। घाइते मध्ये जनक थापाकाे उपचार भइरहेकाे छ भने अर्का एक जना सामान्य उपचार पछि घर फर्किसकेका छन ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *