• मंसिर २७, २०८१
  • No Comment
  • 213

जाजरकोटमा जिप दुर्घटना : चालक सहित ५ जना को मृत्यु, २ जना घाइते

जाजरकोटमा डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको छ भने २ जना घार्इते भएका छन । बुधबार राती ९:०० बजेको समयमा जाजरकोट नलगार्ड नगरपालिका – ५ कालिमाटीबाट वडा नम्बर -३ करूवा जाँदै गरेकाे ग ३ च ९८४५ नम्बरको जिप कैना- कड्के सडक खण्ड स्थितमा दुर्घटनामा परेकाे हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका आनुसार मृत्यु हुनेमा जाजरकोट नलगार्ड नगरपालिका -३ करुवा स्थितका ३२ वर्षीय इन्द्रजित थापा चालक  ६५ वर्षीय शिला पुन, ३३ वर्षीय सारदा थापा, १८ लक्ष्मी पुन रोका र उनका १ महिने छोरा आलोचन रोका को मृत्यु भएको छ । भने घाइते हुनेमा नलगार्ड- ३ का १९ वर्षीय जनक थापा, ६५ वर्षीय जिवन बिक रहेका छन ।

बाेलेराे जिप ८०० मिटर तल खसेकाे छ ।

प्रहरीका अनुसार प्रहरी नायव निरिक्षक अर्जुन खड्काको कमाण्डमा ६ जनाको टोलिले घाइतेहरुलाई नगर अस्पताल  पठाएको थियो । र उपचारका क्रममा डाक्टरले ५ जनाको मृत्यु भएको घोषणा गरिसकेका छन। घाइते मध्ये जनक थापाकाे उपचार भइरहेकाे छ भने अर्का एक जना सामान्य उपचार पछि घर फर्किसकेका छन ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *