• मंसिर २६, २०८१
  • No Comment
  • 69

बझाङमा भूकम्पको धक्का महसुस

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भुकम्पको जोखिमपूर्ण क्षेत्रका रुपमा लिने गरीन्छ ।

सम्बन्धित खबर

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *