• मंसिर १८, २०८१
  • No Comment
  • 223

चौकुनेमा शारीरिक अपाङ्ग भएकाहरुका निशुल्क स्वास्थ्य शिबिर संचालन हुने

सुर्खेत। चौकुने गाउपालिकाको दुई स्थानमा आँउदो मङ्सिर २३ र २४ गते शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन हुने भएको छ । अपांग बाल अस्पताल तथा पुर्नरस्थापना कार्यक्रम बनेपाको आयोजनामा र राष्टिय अपांग महासंघ नेपाल कर्णाली प्रदेस सदस्य संस्था सुर्खेतको र चौकुने गाउपलिकाको समन्यमा विशेषज्ञ चिकित्सकहरु द्वारा चौकुनेको लगाम सामुदायिक स्वास्थ्य इकाईमा मङ्सिर २३ गते आइतबार र २४ गते सोमबार गुटु स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिने गुटु स्वास्थ्य चौकीका प्रमुख गगनसिंह पाण्डेले जानकारी दिनुभएको छ ।

शिविरमा १८ वर्ष भन्दामुनीका अपाङ्गता भएका बालबालिकाले सेवा लिन सक्ने छन् । शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र÷बाहिर फर्केको, खुट्टालुलो र कमजोर भएको हाड जोर्नी तथा नसा रोग खुट्टा लुलो र कम्जोर भएको हड्डी नजोडीएको ढाड बाङ्गो र कुप्रो भएको औलाहरु एक आपसमा टासिएको हड्डीमा टि.बि लागेको शारीरका बिभिन्न जोर्नीहरू बाङ्गो भएको लगायतका रोगहरुको परिक्षण गरिने छ ।

शिविरमा कृत्रिम अङ्ग र सहायक उपकरणहरुको आवश्यकता भएकाहरुलाइ निशुल्क उपकरण बितरण गरिने बताइएको छ ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *