• मंसिर १८, २०८१
  • No Comment
  • 300

चौकुनेमा शारीरिक अपाङ्ग भएकाहरुका निशुल्क स्वास्थ्य शिबिर संचालन हुने

सुर्खेत। चौकुने गाउपालिकाको दुई स्थानमा आँउदो मङ्सिर २३ र २४ गते शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन हुने भएको छ । अपांग बाल अस्पताल तथा पुर्नरस्थापना कार्यक्रम बनेपाको आयोजनामा र राष्टिय अपांग महासंघ नेपाल कर्णाली प्रदेस सदस्य संस्था सुर्खेतको र चौकुने गाउपलिकाको समन्यमा विशेषज्ञ चिकित्सकहरु द्वारा चौकुनेको लगाम सामुदायिक स्वास्थ्य इकाईमा मङ्सिर २३ गते आइतबार र २४ गते सोमबार गुटु स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिने गुटु स्वास्थ्य चौकीका प्रमुख गगनसिंह पाण्डेले जानकारी दिनुभएको छ ।

शिविरमा १८ वर्ष भन्दामुनीका अपाङ्गता भएका बालबालिकाले सेवा लिन सक्ने छन् । शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र÷बाहिर फर्केको, खुट्टालुलो र कमजोर भएको हाड जोर्नी तथा नसा रोग खुट्टा लुलो र कम्जोर भएको हड्डी नजोडीएको ढाड बाङ्गो र कुप्रो भएको औलाहरु एक आपसमा टासिएको हड्डीमा टि.बि लागेको शारीरका बिभिन्न जोर्नीहरू बाङ्गो भएको लगायतका रोगहरुको परिक्षण गरिने छ ।

शिविरमा कृत्रिम अङ्ग र सहायक उपकरणहरुको आवश्यकता भएकाहरुलाइ निशुल्क उपकरण बितरण गरिने बताइएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *