• मंसिर १८, २०८१
  • No Comment
  • 140

३ सय केजी भन्दा बढी गाँजा बोकेको ट्रकसहित चारजना पक्राउ

सुनसरीको कोशी गाउँपालिका-७, हरिपुरस्थित पूर्व पश्चिम राजमार्गमा ३ सय ४० केजी गाँजा बोकेको ट्रकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिपालले पछाडिको भागमा छोपिएको प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकसहित चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ट्रक धनी समेत रहेका चालक धनकुटाको शहिदभूमि गाउँपालिका-४ का ३० वर्षीय जयप्रकाश राई, भोजपुरको पौवादुम्बा गाउँपालिका-६ को २२ वर्षीय समिर राई, सुनसरीको कोशी गाउँपालिकाको २५ वर्षीय भक्ति उपनामका बिहारी मुखिया र २२ वर्षीय रुपेश यादव रहेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ट्रकसहित ११ वटा बोरामा लुकाइराखेको ३ सय ४० केजी गाँजा बरामद गरेको छ ।

चेकजाँच गर्ने क्रममा चालक राई ट्रक छाडेर भागेपछि ट्रकको नम्बरका आधारमा यातायात कार्यालयको सहयोगमा पक्राउ गरिएको प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार पक्राउ परेका चारै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थपका लागि अनुमति लिएको बताए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *