• मंसिर १८, २०८१
  • No Comment
  • 133

३ सय केजी भन्दा बढी गाँजा बोकेको ट्रकसहित चारजना पक्राउ

सुनसरीको कोशी गाउँपालिका-७, हरिपुरस्थित पूर्व पश्चिम राजमार्गमा ३ सय ४० केजी गाँजा बोकेको ट्रकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिपालले पछाडिको भागमा छोपिएको प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकसहित चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ट्रक धनी समेत रहेका चालक धनकुटाको शहिदभूमि गाउँपालिका-४ का ३० वर्षीय जयप्रकाश राई, भोजपुरको पौवादुम्बा गाउँपालिका-६ को २२ वर्षीय समिर राई, सुनसरीको कोशी गाउँपालिकाको २५ वर्षीय भक्ति उपनामका बिहारी मुखिया र २२ वर्षीय रुपेश यादव रहेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ट्रकसहित ११ वटा बोरामा लुकाइराखेको ३ सय ४० केजी गाँजा बरामद गरेको छ ।

चेकजाँच गर्ने क्रममा चालक राई ट्रक छाडेर भागेपछि ट्रकको नम्बरका आधारमा यातायात कार्यालयको सहयोगमा पक्राउ गरिएको प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार पक्राउ परेका चारै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थपका लागि अनुमति लिएको बताए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *