• मंसिर १८, २०८१
  • No Comment
  • 175

३ सय केजी भन्दा बढी गाँजा बोकेको ट्रकसहित चारजना पक्राउ

सुनसरीको कोशी गाउँपालिका-७, हरिपुरस्थित पूर्व पश्चिम राजमार्गमा ३ सय ४० केजी गाँजा बोकेको ट्रकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिपालले पछाडिको भागमा छोपिएको प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकसहित चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ट्रक धनी समेत रहेका चालक धनकुटाको शहिदभूमि गाउँपालिका-४ का ३० वर्षीय जयप्रकाश राई, भोजपुरको पौवादुम्बा गाउँपालिका-६ को २२ वर्षीय समिर राई, सुनसरीको कोशी गाउँपालिकाको २५ वर्षीय भक्ति उपनामका बिहारी मुखिया र २२ वर्षीय रुपेश यादव रहेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ट्रकसहित ११ वटा बोरामा लुकाइराखेको ३ सय ४० केजी गाँजा बरामद गरेको छ ।

चेकजाँच गर्ने क्रममा चालक राई ट्रक छाडेर भागेपछि ट्रकको नम्बरका आधारमा यातायात कार्यालयको सहयोगमा पक्राउ गरिएको प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार पक्राउ परेका चारै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थपका लागि अनुमति लिएको बताए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…
जाजरकोटमा स्टेसनरी सामान बोकेको जिप दुर्घटना : चालक घाइते

जाजरकोटमा स्टेसनरी सामान बोकेको जिप दुर्घटना : चालक घाइते

जाजरकोट, ३० वैशाख । भेरी नगरपालिका–४स्थित पानी ट्याङ्की क्षेत्रमा स्टेसनरी सामान बोकेको जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्। बुधबार बिहान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *