• मंसिर १७, २०८१
  • No Comment
  • 136

प्रधानमन्त्री ओली आज विहान चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज विहान उत्तरी छिमेकी देश चीनको भ्रमणमा जाँदैछन् ।

उनले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरुसंग चीनको बेइजिंगमा भेटवार्ता कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरी द्विपक्षीय आपीसहितका विविध विषयमा विचार आदानप्रदान गर्ने उनको सचिवालयले जनाएको छ ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग समेत भेट गर्ने तालिका छ ।

साथै, उनी अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस भ्रमणका लागि स्वीकृति दिएको थियो ।

शुक्रबार परराष्ट्र मन्त्रायलले प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको चारदिने चीन भ्रमणको घोषणा गरेको थियो । त्यसतर्फ जानुभन्दा तीन दिनअघि मात्र ढिलोगरी भ्रमणको मिति घोषणा गरिएको हो ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिलगायत हुनेछन् ।

प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्किने छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *