• मंसिर १७, २०८१
  • No Comment
  • 174

प्रधानमन्त्री ओली आज विहान चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज विहान उत्तरी छिमेकी देश चीनको भ्रमणमा जाँदैछन् ।

उनले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरुसंग चीनको बेइजिंगमा भेटवार्ता कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरी द्विपक्षीय आपीसहितका विविध विषयमा विचार आदानप्रदान गर्ने उनको सचिवालयले जनाएको छ ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग समेत भेट गर्ने तालिका छ ।

साथै, उनी अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस भ्रमणका लागि स्वीकृति दिएको थियो ।

शुक्रबार परराष्ट्र मन्त्रायलले प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको चारदिने चीन भ्रमणको घोषणा गरेको थियो । त्यसतर्फ जानुभन्दा तीन दिनअघि मात्र ढिलोगरी भ्रमणको मिति घोषणा गरिएको हो ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिलगायत हुनेछन् ।

प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्किने छ ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *