• मंसिर १४, २०८१
  • No Comment
  • 110

सामाजिक सञ्जालद्धारा युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालद्धारा युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन ।नुवाकोटको शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई साइबर ब्युरोले पक्राउ गरेको हो ।

एसपी दिपकराज अवस्थीका अनुसार सामाजिक सञ्जालबाट प्रेम प्रस्ताव राख्दै भिडिओ कल गर्ने क्रममा अश्लील अंग देखाउन लगाएर रेकर्ड गरी आफू र आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरेको भनी पीडित युवतीले साइब ब्युरोमा निवेदन दिएकी थिइन् । उजुरी परेपछि प्रहरीले केसीलाई पक्राउ गरेको छ ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न पाँच दिनको अनुमति लिइसकेको छ ।

उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

सम्बन्धित खबर

बिहान भिजाएको बदाम खाँदा यस्ता छन फाइदाहरू

बिहान भिजाएको बदाम खाँदा यस्ता छन फाइदाहरू

काठमाडौं । पोषण तत्वले भरिपूर्ण बदामलाई सबैभन्दा उपयोगी सुपरफुड मानिन्छ । नियमित रूपमा यसको सेवनले शारीरिक, मानसिक तथा छाला–कपालको स्वास्थ्यमा उल्लेख्य…
कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *